गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान कवीन्द्र

हिमाल प्रेस ११ फागुन २०७९ ८:४४ | Thursday, February 23, 2023
गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान कवीन्द्र प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- नेपाल प्रहरीका जवान कवीन्द्र विक मृत भेटिएका छन्। कर्णाली प्रहरी गणमा कार्यरत प्रहरी जवान विक कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन्। विकको स्थायी ठेगाना दार्चुला हो। जिप्रका सुर्खेतले दिएको जानकारीअनुसार राति करिब ३ बजे उनको शव फेला परेको थियो।

अहिले उनको शव पोस्टमार्टमका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा राखिएको छ। उनलाई अरू कसैले गोली हानेको या आफैँले हानेको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ फागुन २०७९ ८:४४ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast