गेटा कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने प्रचण्डको घोषणा

हिमाल प्रेस २९ माघ २०७९ १३:२६ | Sunday, February 12, 2023
गेटा कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने प्रचण्डको घोषणा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने विषयमा छलफल गरेका छन्।

गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने बहालवाला तथा पूर्व सांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्रीले बालुवाटारमा छलफल गरेका हुन्।

फागुन १ गतेदेखि विकास आयोजनाहरूको अनुगमन र निरीक्षणका लागि आफ्नो कार्यकालको पहिलो भ्रमणका क्रममा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जानुअघि भएको सो छलफलमा प्रधानमन्त्री प्रचण्डले यो घोषणा गरेका हुन्।

छलफलका क्रममा प्रचण्डले विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको जानकारी दिए।

‘मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको थिएँ,’ उनले भने, ‘गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो।’

प्रकाशित: २९ माघ २०७९ १३:२६ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast