गुन्द्रुक ब्रान्डिङ गर्दै इलामको रोङ गाउँपालिका

हिमाल प्रेस ४ फागुन २०७९ २०:५३ | Thursday, February 16, 2023
गुन्द्रुक ब्रान्डिङ गर्दै इलामको रोङ गाउँपालिका

मंगलबारे- इलामको रोङ गाउँपालिकाले गुन्द्रुक ‘ब्रान्डिङ’ सुरु गरेको छ। किसानले उत्पादन गरेर खेर गइरहेको सागबाट बनाइने गुन्द्रुक ब्रान्डिङ गाउँपालिकाले थालेको हो। बजारीकरणको समस्याले खेर गइरहेको कृषि उपजको उपभोग बढाउन गुन्द्रुक ब्रान्डिङ थालिएको गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिका ब्रान्डिङमा लागेसँगै गुन्द्रुकले बजार पाउने अपेक्षा किसानले गरेका छन्।

गुन्द्रुक ब्रान्डिङबाट किसानको जीवनस्तर उकास्न मद्दत पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ। स्थानीय उत्पादनलाई बढावा दिइने र उत्पादित वस्तु बजारसम्म पुर्याउने थालिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए।
गाउँपालिकाले गुन्द्रुक–सिन्कीको प्रवद्र्धन सुरु गरेको छ ।

पालिकाका अगुवा किसानलाई प्रदेश, पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । बजारमा खपत नभएको साग र मूलालाई व्यवस्थापन गर्दै गुन्द्रुक–सिन्की बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ।
प्रत्येक किसानले उत्पादन गरेको गुन्द्रुक र सिन्की आवश्यक लेबलिङ गर्ने गरी कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ छ। राससकाे सहयाेगमा

प्रकाशित: ४ फागुन २०७९ २०:५३ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast