गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

हिमाल प्रेस १ फागुन २०७९ १२:२७ | Monday, February 13, 2023
गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

ताप्लेजुङ- ताप्लेजुङमा गरिब परिचयपत्र वितरण सुरु भएको छ। गत साता सिरिजंघा गाउँपालिकाले गरिब परिवार पहिचान गरी उक्त परिचयपत्र वितरण सुरु गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार पालिकाका ८ वडामा परिचयपत्र वितरण गरिने छ। हालसम्म एक सय एक परिवार अति गरिब, एक सय ५५ परिवार मध्यम र एक सय ४४ परिवार सामान्य गरिब परिवारका रूपमा पहिचान भएका छन्।

गाउँपालिका—४ तेल्लोकका गरिब पहिचान भएका घर परिवारलाई पहिलो चरणमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ। अति गरिब परिवारले रातो, मध्यमले पहेँलो र सामान्यले निलो रङ्गको परिचयपत्र पाएका छन्। तेल्लोकपछि बाँकी ७ वडाहरूमा क्रमशः परिचयपत्र वितरण गरिने भएको छ।

गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब भन्नाले नेपाल सरकारको निश्चित् मापदण्डअनुसार समय–समयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखामुनी रहेको, शिक्षा स्वास्थ्यजस्ता मानव विकास सूचकको आधारमा पिछडिएको र निश्चित लिंगगत तथा सामाजिक समूहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेका व्यक्ति वा समूहलाई जनाउँछ।

एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा अन्य पालिकाले भने गरिबको विवरण संकलन गरिरहेको जनाइएको छ।

प्रकाशित: १ फागुन २०७९ १२:२७ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast