क्याम्पस प्रमुखमाथि भएको आक्रमणको निन्दा

हिमाल प्रेस ३ फागुन २०७९ १८:३८ | Wednesday, February 15, 2023
क्याम्पस प्रमुखमाथि भएको आक्रमणको निन्दा

काठमाडौँ- सामाजिक सञ्जालमा पोस्ट गरेको अभिव्यक्तिका कारण क्याम्पस प्रमुखमाथि भएको हातपातप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियुका कार्यकर्ताले गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि गरेको हातपात तथा कार्यालय तोडफोड गरेका थिए।

दुवाडीमाथि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिएको विरोधमा सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर आक्रमण भएको थियो। समितिले बुधबार विज्ञप्तिा जारी घटनाको निन्दा गरेको हो। समितिले भनेको छ, ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको अभिन्न अंग हो। यसको रक्षा मात्र होइन नागरिकको जिउधनको रक्षा गर्नु÷गराउनु पनि राज्यको प्रमुख दायित्व हो।’

संविधानले नागरिकको मौलिक हक रक्षाको प्रत्याभूत गरेको समितिले स्मरण गराएको छ।

समितिको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल पक्षराष्ट्र भएको संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र तथा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि समेतले सुरक्षित गरेको यी अधिकार सरकारमा रहेको प्रमुख राजनीतिक पार्टीको भ्रातृ संगठनवाट उल्लंघन भएको घटनाप्रति समिति खेद प्रकट गर्दै घोर निन्दा गर्दछ।’

शिक्षण संस्थाका प्रमुखमाथि भएको घटनाको तत्काल निष्पक्ष छानबिन गर्न र दोषीलाई न्यायको दायरामा ल्याई क्याम्पस प्रमुख दुवाडी र संस्थामाथि भएको भौतिक क्षतिको भर्पाई एवं आवश्यक उपचार उपलब्ध गराई पीडितको न्याय सुनिश्चित गर्न नेपाल सरकारसमक्ष समितिले माग गरेको छ।

क्याम्पस प्रमुखमाथि आक्रमणबारे गोरखा कांग्रेसको गम्भीर ध्यानाकर्षण

 

प्रकाशित: ३ फागुन २०७९ १८:३८ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast