केपी ‌ओली भन्छन् : बालुवाटारमा चिया खान गएका सबै भोटर हुँदैनन्, प्रचण्डजीले सम्झौता पालना गर्नुहुन्छ

हिमाल प्रेस १३ फागुन २०७९ १२:४९ | Saturday, February 25, 2023
केपी ‌ओली भन्छन् : बालुवाटारमा चिया खान गएका सबै भोटर हुँदैनन्, प्रचण्डजीले सम्झौता पालना गर्नुहुन्छ फाइल तस्बिर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले पुस १० को सम्झौताअनुसार नै एमालेका उम्मेदवारलाई राष्ट्रपतिको निर्वाचनमा भोट दिनेमा आफू ढुक्क रहेको बताएका छन्। पार्टी सचिवालय बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले शुक्रबार बालुवाटारमा चिया खान गएकाहरू सबैलाई भोटर भन्न नमिल्ने टिप्पणी पनि गरे।

उनले भने, ‘पुस १० मानै सहमति गरेका छौँ। प्रचण्डजीले सम्झौताअनुसार भोट हाल्नेमा हाम्रो पार्टी विश्वस्त छ।’ एमालेविरुद्ध नयाँ गठबन्धन बन्यो नि भन्ने प्रश्नमा ओलीले उनीहरू बालुवाटार चिया खान गएको बताए।

‘दल गनेको हो कि भोट? प्रश्न गर्दै ओलीले भने, ‘बालुवाटारमा चिया खान पुगेका सबैलाई आठ दलमा गन्ती गर्ने काम भयो तिनिहरू सबै भोटर होइनन्।’

माओवादीले एमालेसँगको गठबन्धन तोड्ने निर्णय गर्दै कांग्रेससहितको पुरानो गठबन्धनमा सहभागी हुने निर्णय गरिसकेको छ। सोहीअनुसार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बन्दैछन्।  एमालेले सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित: १३ फागुन २०७९ १२:४९ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast