किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

हिमाल प्रेस १४ फागुन २०७९ १६:३७ | Sunday, February 26, 2023
किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो।

कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिए। प्रहरीले ती किशोरी अहिले सुरक्षित रहेको जनाएको छ।

प्रकाशित: १४ फागुन २०७९ १६:३७ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast