किताबमा भन्सार शुल्क लगाइनु दुर्भाग्यपूर्ण : सिके राउत

हिमाल प्रेस २८ माघ २०७९ १९:१६ | Saturday, February 11, 2023
किताबमा भन्सार शुल्क लगाइनु दुर्भाग्यपूर्ण : सिके राउत फाइल तस्बिर।

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राज्यका विभिन्न क्षेत्रमा विज्ञान प्रविधि बुझेको नेतृत्व आवश्यक रहेको बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको अवलोकन गर्दै राउतले यस्तो बताएका हुन्। राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधि विस्तारमा सहजता हुने उनको भनाइ छ।

‘राज्यका संरचनामा सबभन्दा पहिला विज्ञान प्रविधि बुझेको मान्छे हुनुपर्‍यो। हामीकहाँ उदाहरणहरू छन् छिमेकी मुलुकहरूमा कम्प्युटर प्रयोग गर्न हुन्न भन्नेखालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शीर्षस्थ स्थानमा हुनुहुन्थ्यो। यो किन हुन्छ भन्दाखेरी सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिदाखेरी हाँस्यास्पद स्थितिहरू पनि हामीले देख्ने गरेका छौँ,’ उनले भने,’ राज्य संयन्त्रले कुनै पनि प्रविधि एडप्ट गर्दाखेरी पक्कै पनि धेरैकुरा सोच्नुपर्ने हुन्छ। जस्तोकि डाटा सर्भर कहाँ छ ? त्यसमा सुरक्षा नीति के खालको हुनेछ? सुरक्षा प्रत्याभुति दिनसक्छौँ कि सक्दैनौँ ? र सबैकुरा फेलरको ब्याकअप कस्तो छ ? पूर्ण रूपमा फेलर भयो भने अनि के गर्ने ? धेरै कुरा सोचेर मात्रै कदम चाल्नुपर्ने हुन्छ।’

सूचना र प्रविधिको आजको युगमा किताबमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे। विज्ञान,‍ प्रविधिको प्रयोग एवम् विस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनले बताए।

प्रकाशित: २८ माघ २०७९ १९:१६ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast