काठमाडौँका मेयर बालेनलाई राजीनामा दिन दबाब!

हिमाल प्रेस १३ फागुन २०७९ १५:२६ | Saturday, February 25, 2023
काठमाडौँका मेयर बालेनलाई राजीनामा दिन दबाब! बालेन शाह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब परेको जानकारी दिएका छन्।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्। कसले किन दबाब दियो भन्नेबारे उनले केही खुलाएका छैनन्।

उनले भनेका छन्, ‘‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन।’

साह गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भएका हुन्। उनले फुटपाथमा पसल हटाउने, अवैध संरचना हटाउने, महानगरको सान्दर्य बिगार्ने गरी राखिएको होर्डिङ बोर्ड हटाउनेजस्ता उनका गतिविधिको विरोध हुँदै आएको छ।

प्रकाशित: १३ फागुन २०७९ १५:२६ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast