कांग्रेस सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

हिमाल प्रेस ४ फागुन २०७९ १५:१५ | Thursday, February 16, 2023
कांग्रेस सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौँ- नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारतको दिल्लीस्थित अस्पताल लगिएको छ। ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारत लगिएको हो।

‍श्री एयरलाइन्सको विमानमार्फत उनलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको छ। अब भण्डारीको उपचार मुम्बईको नेशनल बर्न सेन्टरमा हुनेछ।

नेता भण्डारीले नेपालमै उपचार गर्ने चाहना राखेका थिए । यद्यपि, स्वास्थ्यमन्त्री पदम गिरी र अन्य नेताहरूले अस्पतालमा पुगेर नेता भण्डारी र चिकित्सकसँगको भेटपछि भण्डारीलाई थप उपचारका लागि भारत लैजान मनाएको बताइएको छ।

चन्द्रको शरीर ३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार चन्द्रका दुवै हात गोडा र अनुहार जलन भएको छ। स्वास नलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको अस्पतालका चिकित्सकद्वय डा. किरण नकर्मी र डा. निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। हरिकलाको भने निधन भइसकेको छ।

प्रकाशित: ४ फागुन २०७९ १५:१५ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast