कांग्रेस उपसभापति खड्काले भने : सरकारमा मेरो दाबी छैन

हिमाल प्रेस १६ फागुन २०७९ ७:४२ | Tuesday, February 28, 2023
कांग्रेस उपसभापति खड्काले भने : सरकारमा मेरो दाबी छैन

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जाने आफ्नो दाबी नरहेको बताएका छन्। नेकपा माओवादी केन्द्र नेतृत्वको अहिलेको सरकारमा कांग्रेसलगायत दलहरू समावेश गर्नेबारे कुराकानी भइरहेका बेला खड्काले सरकारमा आफ्नो भने दाबी नरहने प्रष्टाएका हुन्।

गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको र त्यसलाई पुनर्स्थापित गर्ने सोही दिन गरिएको संकल्पलाई पूरा गरिएको उपसभापति खड्का बताउँछन्।

को पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिल्दा प्रचण्ड एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए।

सँगै चुनावमा गएका पार्टीहरूबीच असमझदारीका बीच सत्ता गुमेपछि पुस १० कै राति ७ दलीय गठबन्धन भत्काउने संकल्प कांग्रेसका नेताहरूले लिएका थिए।

 

प्रकाशित: १६ फागुन २०७९ ७:४२ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast