कलाकार जयनन्द लामाको सालिक निर्माण

हिमाल प्रेस १४ फागुन २०७९ १४:२४ | Sunday, February 26, 2023
कलाकार जयनन्द लामाको सालिक निर्माण

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पाको थिङ टोलमा स्वर्गीय अभिनेता तथा गायक जयनन्द लामाको सालिक निर्माण भएको छ। जयनन्द लामा स्मृति कोषले उनको सम्झनामा १२ फिट अग्लो सालिक निर्माण गरेको हो। सालिक निर्माणका लागि ८ लाख रुपैयाँ खर्च भएको कोषले जनाएको छ। सालिक लामा परम्परागत पोशाकमा डम्फु बजाएर नाच्दै गरेको आकृतिमा छ।

गत शुक्रबार उक्त सालिकको अनावरण गरिएको थियो। कलाकार भैरवबहादुर थापा र बागमती प्रदेशसभा सदस्य मसिना खड्काले सालिक अनावरण गरेका हुन्। कोषका अनुसार सालिक नजिकै संग्रहालय बनाउने तयारी भइरहेको छ। उनले पहिलोपटक नेपालमा क्यासेट एल्बम भित्र्याएका थिए। उनी नेपालको पहिलो तामाङ भाषाको फिल्म ‘छोमरी छोरङान’को लेखन तथा निर्देशन पनि हुन्।

नृत्यबाट कलाकारितामा प्रवेश गरेका लामाले ३० को दशकमा ‘मनको बाँध’ बाट फिल्ममा अभिनय यात्रा थालेका थिए। उनका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’लगायतका थुप्रै लोकगीत गायका छन्। जुन अहिले पनि चर्चित छ। गत वर्ष फागुन ११ गते उनको मृत्यु भएको थियो। लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ चैत १० गते प्रदर्शनको तयारीमा छ।

प्रकाशित: १४ फागुन २०७९ १४:२४ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast