सांकेतिक तस्बिर।
काठमाडौँ- सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जुगल गाउँपालिका–३ बगर खोलास्थित गुम्बा गाउँ नजिकै ११ हजार भोल्टेजको हाइटेशन लाइन बनाउने क्रममा करेन्ट लगेर उनको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही ठाउँस्थित सिता हाइड्रोपावर कम्पनीमा काम गर्ने बर्दिया गुलरीया नगरपालिका –८ घर भएका २२ वर्षीय सरोज थारुको घटनास्थलमै मृत्यु भएको छ।
प्रकाशित: ८ फागुन २०७९ ७:१९ | Monday, February 20, 2023
प्रतिक्रिया





