कटुवा पेस्तोलसहित जनकपुरमा एक युवक पक्राउ

हिमाल प्रेस १४ फागुन २०७९ १९:३१ | Sunday, February 26, 2023
कटुवा पेस्तोलसहित जनकपुरमा एक युवक पक्राउ

जनकपुरधाम- धनुषामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हंसपुर नगरपालिका–४ बस्ने २२ वर्षीय भरोस पासवान रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी कपिलेश्वरबाट खटेको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– १७ तेतरिया बजारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश गौतमले पासवानमाथि शंका लागेर शरिर खानतलासी गर्दा उनको ज्याकेटको खल्तीबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ राउण्ड बरामद गरिएको बताए।

हतियारसहित पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर हातहतियार तथा खरखजाना मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए।

प्रहरी चौकी चिसापानीबाट गस्तीमा खटेको प्रहरी टोलीले धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ सेलारस्थित जंगलबाट १ थान १२ वोरको भरूवा बन्दुक वेवारिसे अवस्थामा बरामद गरेको डीएसपी गौतमले जानकारी दिए।
बरामद भएको भरूवा बन्दुक थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको प्रहरीले बताएको छ।

प्रकाशित: १४ फागुन २०७९ १९:३१ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast