कक्षा ९ को मूल्यांकन लेटर ग्रेडिङ पद्धतिबाटै गर्न निर्देशन

हिमाल प्रेस ५ फागुन २०७९ १५:३४ | Friday, February 17, 2023
कक्षा ९ को मूल्यांकन लेटर ग्रेडिङ पद्धतिबाटै गर्न निर्देशन

काठमाडौँ-  राष्ट्रिय परीक्षा बोर्डले  कक्षा ९ को वार्षिक परीक्षाको मूल्यांकन लेटर ग्रेडिङ प्रणालीबाटै गर्न निर्देशन दिएको छ। कक्षा ९ मा अध्ययनरत विद्यार्थीको मूल्यांकन लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार गर्न सबै विद्यालयलाई निर्देशन जारी गरिएको बोर्डले जनाएको हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा ९ को वार्षिक परीक्षाको नतिजा लेटर ग्रेडिङ निर्देशिकाअनुसार गर्न निर्देशन जारी गरिएको बताए। उनले भने, ‘कक्षा ९ को बार्षिक परीक्षाको नतिजा लेटर ग्रेडिङ पद्धतिअनुसार तयार गर्न निर्देशन जारी गरेका छौँ। नयाँ पद्धतिअनुसार ३५ प्रतिशतभन्दा कम नतिजा प्राप्त गर्ने विद्यार्थीको मूल्यांकन ननग्रेड हुन्छ।’

निर्देशिकामा गरिएको व्यवस्थाअनुसार दुई विषयमा ननग्रेडेड प्राप्त गर्ने विद्यार्थीले विद्यालयले सञ्चालन गर्ने मौका परीक्षामा सहभागी भएर १.६ ग्रेड भन्दा बढी ल्याउनुपर्ने हुन्छ।

मौका परीक्षामा पनि ३५ प्रतिशत अंक नल्याउने परीक्षार्थीले अर्को वर्षको वार्षिक परीक्षामा सहभागी हुनुपर्ने बोर्डले जनाएको छ। निर्देशिकामा कक्षा १० को एसईईमा सहभागी हुन विद्यार्थीले कक्षा ९ को ग्रेडसिट अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था छ।

निर्देशिकाअनुसार कक्षा ८, १० र १२ मा विषयगततर्फ ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीले मूल प्रमाणपत्र प्राप्त गर्न नसक्ने व्यवस्था छ।

गत वर्षदेखि कार्यान्वयनमा आएको निर्देशिकामा ए, एप्लस, बी, बीप्लस, सी, सीप्लस र डी छ। बोर्डले ननग्रेड पद्धति लागू गरेर सोही अनुसार एसईईको नतिजा प्रकाशन गरेको थियो।

प्रकाशित: ५ फागुन २०७९ १५:३४ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast