काठमाडौँ- होली आउन अझै एक साताभन्दा बढी समय बाँकी छ। तर गायिका एलिना चौहानलाई अहिलेदेखि नै होलीले छोइसकेको छ। धेरैजसो ‘स्याड सङ’ गाउने एलिनाले यसपालि ‘ह्याप्पी होली’को गीत गाएकी छन्।
उनको स्वरमा ‘ह्याप्पी होली’ गीत सार्वजनिक भएको छ। लेखु सहयात्रीको शब्द र संगीत रहेको गीत होली विशेष रहेको छ। बिसम आचार्यले संयोजन गरेको गीत गायिका चौहानको आधिकारिक च्यानलबाट सार्वजनिक भएको छ।
विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा एलिना, लेखु, बिसम, विक्रमसहित स्मारिका ढकाल, समारिका ढकाल, विजय पुन, गंगु पोकाय, सोनुलगायत फिचर्ड छन्।
प्रकाशित: १० फागुन २०७९ १०:४५ | Wednesday, February 22, 2023
प्रतिक्रिया




