काठमाडौँ– नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति हुने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्। राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारमा सहमति हुनु नै राष्ट्रिय सहमति हुने उनको भनाइ छ
‘एमालेले जो उम्मेदवारलाई राष्ट्रपतिको रूपमा प्रस्ताव गर्छ सोही उम्मेदवारलाई निर्वाचित गर्ने सन्दर्भमा नेकपा माओवादी केन्द्रको जिम्मेवार भूमिका रहन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘एमालेले उठाएको उम्मेदवारलाई निर्वाचित गर्ने सहमति नै आजको सन्दर्भमा राष्ट्रिय सहमति हो।’
प्रकाशित: १० फागुन २०७९ १८:२५ | Wednesday, February 22, 2023
प्रतिक्रिया



