सुवास नेम्बाङ। फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सोही निर्णय गरेको हो। आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन्।
प्रकाशित: १३ फागुन २०७९ ११:१५ | Saturday, February 25, 2023
प्रतिक्रिया



