काठमाडौँ- राष्ट्रपति र सरकारबारे निर्णय लिन एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो।
राष्ट्रपति पदका लागि आज उम्मेदवारी दर्ता हुने भएकोले उम्मेदवारी दिने या नदिने भन्ने विषयमा बैठकले ठोस निर्णय दिने बताइएको छ। यस्तै सरकारमा रहने या नरहने भन्नेबारे पनि निर्णय लिने बताइएको छ।
प्रकाशित: १३ फागुन २०७९ १०:०९ | Saturday, February 25, 2023
प्रतिक्रिया



