एमालेको राष्ट्रपति हुने कुरा भनिरहने हैन जन्मकुन्डलीमै लेखिएको छ : केपी ओली

हिमाल प्रेस ७ फागुन २०७९ १८:३१ | Sunday, February 19, 2023
एमालेको राष्ट्रपति हुने कुरा भनिरहने हैन जन्मकुन्डलीमै लेखिएको छ : केपी ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेकै उम्मेदवार हुने विषय जन्मकुन्डलीमा लेखिएको दाबी गरेका छन्। आज आइतबार खेलकुद महासंघको महाधिवेशन उद्घाटनका लागि विराटनगर पुगेका उनले पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति एमालेले उम्मेदवार बनाएको व्यक्ति हुने दाबी गरेका हुन्।

राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे पत्रकारहरूले प्रश्न गरेपछि ओलीले भने, ‘राष्ट्रपति कसको हुन्छ भन्नेकुरा पहिले नै थाहा भइसकेको कुरा हो। अहिलेको गठबन्धन समीकरण जन्मिँदा जन्मकुण्डलीमै लेखिएर आएको छ नि। यो त भनिरहने कुरै होइन।’

नेकपा माओवादीसँग गठबन्धन गर्दा नै एमालेले राष्ट्रपति लिने सहमति भएको ओलीको दाबी छ। उता माओवादीले भने प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेससहितका दलले मत दिएकोले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमतिको खोजी गर्नुपर्ने बताउँदै आएको छ। यसविषयमा एमाले र माओवादीबीच विवाद पनि बढ्दो छ।

ओलीले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार एमालेले सार्वजनिक गर्ने पनि बताए। राष्ट्रपति उम्मेदवारको मनोनयन फागुन १३ गते हुँदैछ। राष्ट्रपति निर्वाचन फागुन २५ गते हुने कार्यतालिका छ।

प्रकाशित: ७ फागुन २०७९ १८:३१ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast