एमालेका मन्त्रीहरूले दिए राजीनामा

हिमाल प्रेस १५ फागुन २०७९ १६:०१ | Monday, February 27, 2023
एमालेका मन्त्रीहरूले दिए राजीनामा

काठमाडौँ- सरकारमा सहभागी नेकपा एमालेका आठ मन्त्रीले राजीनामा दिएका छन्। सोमबार बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन्।

एमालेको आजको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेबाट एक उपप्रधानसहित सात मन्त्री रहेका थिए। एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा राजेन्द्रकुमार राई, परराष्ट्रमा डा. विमला राई पौड्यालमा मन्त्री थिए।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी र रक्षामा हरिप्रसाद उप्रेती थिए।

प्रकाशित: १५ फागुन २०७९ १६:०१ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast