एनटर्क १२५ ले पायो फिचर लोडेड स्कुटरको अवार्ड

हिमाल प्रेस ५ फागुन २०७९ ११:२७ | Friday, February 17, 2023
एनटर्क १२५ ले पायो फिचर लोडेड स्कुटरको अवार्ड

काठमाडौँ- टीभीएस मोटरको उत्पादन एनटर्क रेस एक्सपीले उत्कृष्ट फिचर लोडेड स्कुटरको अवार्ड प्राप्त गरेको छ।
यो स्कुटरमा भएका विभिन्न विशेषताका कारण टेकलेखले उक्त अवार्ड प्रदान गरेको हो।

यो स्कुटरमा भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्बजस्ता विशेषता उपलब्ध छन्।

३ भल्व सीभीटीआई रेभ इन्जिन भएको स्कुटरको प्रतिघण्टा ९८ किमिसम्म गुड्न सक्छ।
एनटर्क १२५ रेस एक्सपीमा स्ट्रिट मोड र रेस मोड गरेर दुई ड्राइभिङ मोड छन्। नेपालमा जगदम्बा मोटर्सले टीभीएसका स्कुटर तथा मोटरसाइकल बिक्री गर्दै आइरहेको छ।

प्रकाशित: ५ फागुन २०७९ ११:२७ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast