उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै, चितवन २ मा आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने माग

हिमाल प्रेस २२ माघ २०७९ ९:१४ | Sunday, February 5, 2023
उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै, चितवन २ मा आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने माग

काठमाडौँ- नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित आज (आइतबार) निर्वाचन आयोग जाँदैछन्। उनी बिहान साढे ११ बजे निर्वाचन आयोग जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि सो क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सांसद् पद खारेज भएको थियो।
श्रेष्ठले लामिछानेको पद खारेज भएसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गर्नुपर्ने माग गरेका छन्।

तत्कालीन सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भएका श्रेष्ठ झन्डै ३५ हजार मतले लामिछानेसँग पराजित भएका थिए।

प्रकाशित: २२ माघ २०७९ ९:१४ | Sunday, February 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast