इलाममा ‘रिट्ठु’ फेरि मञ्चन हुँदै

हिमाल प्रेस ५ फागुन २०७९ १२:४८ | Friday, February 17, 2023
इलाममा ‘रिट्ठु’ फेरि मञ्चन हुँदै

काठमाडौँ- इलामको चुलाचुली गाउँपालिकामा आज नाटक ‘रिट्ठु’ मञ्चन हुने भएको छ। चुलाचुली रंगमञ्चले आयोजनामा गरेको ‘चुलाचुली पाठशाला नाट्य उत्सव’ मा मञ्चन भएको नाटक फेरि मञ्चन हुन लागेको हो।

दिउँसो १२ बजे श्री जनता माविमा र दिउँसो ४ बजे चुलाचुली गाउँपालिका-१ को कमल राई टोलस्थित समाज सुधार समूह नेपालको हलमा नाटक मञ्चन हुनेछ।

प्रवीण मगरले निर्देशन गरेको नाटकमा हेमराज घिमिरेको अभिनय छ। अनिल सुब्बाको लेखन रहेको नाटकमा सन्दीप कुलुङ राई र सन्तोष गिरीको संगीत रहेको छ। चुलाचुली समाज हङकङको सहकार्यमा चुलाचुली रंगमञ्चले नाटक प्रस्तुत गरिरहेको हो।

दर्शकले मन पराएकाले नाटक फेरि मञ्चन गरिएको नाटकका निर्देशक प्रवीण मगरले बताए। ‘दर्शकले माया गरिदिनुहुन्छ र त हामी फेरि फेरि यसरी आइरहन्छौँ,’ उनले भने।

प्रकाशित: ५ फागुन २०७९ १२:४८ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast