आहार खोज्दै गाउँ पसेको गैंडा सेफ्टी ट्यांकमा फस्यो, स्काभेटर लगाएर उद्धार

हिमाल प्रेस २८ माघ २०७९ १४:३५ | Saturday, February 11, 2023
आहार खोज्दै गाउँ पसेको गैंडा सेफ्टी ट्यांकमा फस्यो, स्काभेटर लगाएर उद्धार फाइल तस्बिर।

चितवन– चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिंगे गैँडालाई सेफ्टीट्यांकीबाट उद्धार गरिएको छ। होटलको सेफ्टीट्यांकीमा खसेको गैँडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन्।

आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टी ट्यांकीमा फसेको थियो। शनिबार बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए।

स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिई गैँडाको उद्धार गरिएको उनले बताए। अन्दाजी १६ वर्षको सो गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो। सो गैँडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ।

राप्ती नदीतर्फबाट बस्ती छिर्न खोज्दा गैँडा सेफ्टीट्यांकीमा फसेको हो।

प्रकाशित: २८ माघ २०७९ १४:३५ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast