आन्दोलनरत यातायात मजदुरसँग वार्ताका लागि सरकार तयार

हिमाल प्रेस १ फागुन २०७९ २२:१४ | Monday, February 13, 2023
आन्दोलनरत यातायात मजदुरसँग वार्ताका लागि सरकार तयार

काठमाडौँ– सोमबार नयाँ बसपार्क क्षेत्रमा आन्दोलनमा उत्रिएका यातायात मजदुरहरूलाई सरकारले वार्तामा बोलाएको छ। मंगलबार बिहान ८ बजे बस्ने गरी यातायात व्यवस्था विभागले मजदुरहरूसँग वार्ता गर्ने भएको हो।

विभागका महानिर्देशक तुलसी गौतमले यातायात क्षेत्रको समस्या वार्ताबाटै समाधान हुने बताउँलै आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर मंगलबार बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्।

‘यातायात क्षेत्रका सबै समस्याहरू वार्ताबाटै हल गर्नुपर्छ। आन्दोलनमा रहेको पक्षलाई वार्तामा आउन हाम्रो आग्रह छ,’ उनले भने।

ट्राफिक प्रहरीले अनावश्यक हैरानी दिएको भन्दै विभिन्न माग राख्दै सोमबार बालाजु, माछापोखरी, गोँगबु र नयाँ बसपार्क क्षेत्रमा याातायातसम्बद्ध मजदुरहरूले आन्दोलनसहित प्रहरी प्रशासनविरुद्ध प्रदर्शन र नाराबाजी गरेका थिए। सो क्रममा केही संख्यामा मजदुर र प्रहरीहरू घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ फागुन २०७९ २२:१४ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast