आधारभूत तहको परीक्षा एउटै स्तरको बनाउने बोर्डको तयारी

हिमाल प्रेस १५ फागुन २०७९ १५:०७ | Monday, February 27, 2023
आधारभूत तहको परीक्षा एउटै स्तरको बनाउने बोर्डको तयारी

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली लागु गर्नका लागि तालिम सञ्चालन गर्ने तयारी गरेको छ।

बोर्डले आधारभूत तहमा स्तरीकृत परीक्षा सञ्चालनका लागि तालिम प्राप्त व्यक्तिबाट प्रश्न पत्र तयार गर्ने उद्देश्यले तालिम दिन लागेको हो।

आगामी शैक्षिक सत्रदेखि परीक्षणका रुपमा कक्षा ६ देखि ८ सम्म स्तरीकृत परीक्षा प्रणाली लागू गर्न बोर्डले तालिम सञ्चालन गर्नेछ। देशभरका केही पालिकाले भने यसै शैक्षिकसत्रमा स्तरीकृत परीक्षा सञ्चालन गराउने तयारी गरेका छन्।

बोर्डले प्रधानाध्यापक, विषय शिक्षक, विषय विज्ञलाई प्रश्न पत्र निर्माण गर्न लगाई पालिकामा नै प्रश्न पत्र तयार गर्न तालिम दिन लागेको जनाएको छ। देशभर पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाई एउटै भए पनि आधारभूत तहको परीक्षा भने फरक तरिकाले सञ्चालन हुँदै आएको छ।

प्रकाशित: १५ फागुन २०७९ १५:०७ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast