आज २६० औँ सेना दिवस, विभिन्‍न कार्यक्रम गरेर मनाइँदै

हिमाल प्रेस ६ फागुन २०७९ ७:५३ | Saturday, February 18, 2023
आज २६० औँ सेना दिवस, विभिन्‍न कार्यक्रम गरेर मनाइँदै

काठमाडौँ- नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ। नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ।

सो क्रममा सैनिक मञ्चमा विशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाउँछ। सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सवारी देखि हेलिकोप्टरवाट पुष्पवृष्टी पनि गरिने छ।

जहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा बिहान ११ बजे विशेष प्रदर्शन गरिनेछ। जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख र सदस्यहरु तथा सरकारका उच्चअधिकारीहरूको उपस्थिति रहनेछन्।

नेपाली सेनाको २६० औँ दिवसलाई अझ भव्यरूपमा मनाउन भारतीय सेनाका पूर्वप्रमुखहरूलाई पनि निमन्त्रणा गरिएको छ, जो पहिलो पटक नेपाल आमन्त्रण गरिएको हो।

प्रकाशित: ६ फागुन २०७९ ७:५३ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast