आजको मौसम : प्रदेश १ का उच्च पहाडी भूभागमा हिमपात, तराईमा हुस्सुको प्रभाव

हिमाल प्रेस १ फागुन २०७९ ६:५९ | Monday, February 13, 2023
आजको मौसम : प्रदेश १ का उच्च पहाडी भूभागमा हिमपात, तराईमा हुस्सुको प्रभाव हिमपात। फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। तराईका केही भूभागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।

प्रकाशित: १ फागुन २०७९ ६:५९ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast