आगोमा जलेर गुल्मीमा एक जनाको मृत्यु

हिमाल प्रेस ७ फागुन २०७९ १५:५८ | Sunday, February 19, 2023
आगोमा जलेर गुल्मीमा एक जनाको मृत्यु सांकेतिक तस्बिर।

गुल्मी– आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ। गुल्मीको इस्मा गाउँपालिका-१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।

आइतबार उखु पेलेर निस्किएको खोस्टाको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जंग खत्रीले बताए।

घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा-१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरको भनाइ छ। पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको वडाध्यक्ष कुँवरले जानकारी दिए।

प्रकाशित: ७ फागुन २०७९ १५:५८ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast