आईसीटी ल्याबमा एलएमएस प्रणाली प्रयोग भएनभएको विवरण पठाउन विद्यालयलाई निर्देशन

हिमाल प्रेस १४ फागुन २०७९ १३:३६ | Sunday, February 26, 2023
आईसीटी ल्याबमा एलएमएस प्रणाली प्रयोग भएनभएको विवरण पठाउन विद्यालयलाई निर्देशन

काठमाडौँ- शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विस्तार भएको आईसीटी ल्याबमा लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) प्रणाली प्रयोग भएनभएको विवरण पठाउन सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ।

केन्द्रले सूचना जारी गर्दै नेपालको विद्यालय शिक्षामा प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउन सूचना प्रविधि प्रयोगशाला स्थापना र सञ्चालनका लागि एलएमएस प्रणालीको प्रयोग गरेनगरेको विवरण पठाउन सम्बन्धित विद्यालयलाई निर्देशन दिएको हो।

केन्द्रले सामुदायिक विद्यालयमा आईसीटी ल्याब व्यवस्थापन गर्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरिसकेको छ। केन्द्रले डिजिटल कन्टेन्टसहितको विवरण शैक्षिक सूचना व्यवस्थापन शाखामा अभिलेखीकरण गर्न सूचित गरेको छ।

प्रकाशित: १४ फागुन २०७९ १३:३६ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast