आइएमई पे र क्यूएफएक्सको टिकटमा ५० रुपैयाँ क्यासब्याक

हिमाल प्रेस ४ फागुन २०७९ १२:५७ | Thursday, February 16, 2023
आइएमई पे र क्यूएफएक्सको टिकटमा ५० रुपैयाँ क्यासब्याक

काठमाडौँ- आइएमई पे र क्यूएफएक्स सिनेमाजबीच ‘आइएमई पे डे एट क्यूएफएक्स’ योजनाको लागि सम्झौता भएको छ।

यसअन्तर्गत ग्राहकले क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे प्रयोग गरी टिकट काट्दा ५० रुपैयाँ क्यासब्याक पाउनेछन्। हरेक बुधबारको खरिदमा मात्र योजना लागू हुने कम्पनीले जनाएको छ।

योजनाअनुसार प्रयोगकर्ताले एक दिनमा एक पल्ट मात्र क्यासब्याकको लाभ प्राप्त गर्न सक्नेछन्। त्यस पश्चात प्रयोगकर्ताले पुनः अर्को बुधबार मात्र सो योजनाको फाइदा उठाउन सक्नेछन्। योजना क्यूएफएक्स सिनेमाजको ११ वटा हलमा लागू भएको छ।

प्रकाशित: ४ फागुन २०७९ १२:५७ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast