अर्थमन्त्री भन्छन् : भनसुनका आधारमा आयोजना छनोट गरिँदैन

हिमाल प्रेस २ फागुन २०७९ १७:२२ | Tuesday, February 14, 2023
अर्थमन्त्री भन्छन् : भनसुनका आधारमा आयोजना छनोट गरिँदैन

काठमाडौँ- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भनसुनका आधारमा आयोजना छनोट गर्ने जमाना गएको बताएका छन्।  राष्ट्रियसभाको मंगलबारको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले आयोजनाको औचित्व र आवश्यकताका आधारमा मात्रै छनोट हुने बताएका हुन्।

मन्त्री पौडेलले भनसुनका आधारमा आयोजना छनोट गर्ने र कार्यान्वयन नगर्ने सरकारले प्रतिबद्धता जनाएको बताएका छन्।  ‘अध्ययनका आधारमा एकिन हुनुपर्‍यो, त्यसको प्राथमकिता तय हुनुपर्‍यो,’ उनले भने, ‘त्यसपछि मात्रै आयोजनाको प्राथमिकीकरण गरिन्छ।’

स्थानीय र प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्ने आयोजनासमेत संघमा आएकाले अब यस्तो हुन नदिने मन्त्री पौडेलले बताए।  अर्थमन्त्री पौडेलले साधारण खर्च कटौती गरेको भए पनि विकास निर्माणका आयोजनामा बजेट अभाव हुन नदिने बताए। उनले भने, ‘विकास निर्माण सरकारको प्राथमिकतामा छ, त्यसकारण कुनै हालतमा पनि निर्माणाधीन आयोजनामा बजेटको अभाव हुन दिनेछैनौँ।’

प्रकाशित: २ फागुन २०७९ १७:२२ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast