अर्थमन्त्री पौडेलले बजेटको अर्धवार्षिक मूल्यांकनबारे राष्ट्रियसभामा वक्तव्य दिने

हिमाल प्रेस २ फागुन २०७९ ९:२० | Tuesday, February 14, 2023
अर्थमन्त्री पौडेलले बजेटको अर्धवार्षिक मूल्यांकनबारे राष्ट्रियसभामा वक्तव्य दिने राष्ट्रियसभा बैठकतस्बिर- रासस

काठमाडौँ– संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ। अपराह्न ४ बजे बस्ने बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने कार्यसूची छ।

यस्तै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्।

साथै राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछन् भने काननु, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेस गर्ने कार्यसूची छ।

प्रकाशित: २ फागुन २०७९ ९:२० | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast