अमेरिकी राष्ट्रपति बाइडेनले जर्मन स्कोल्जलाई ह्वाइट हाउसमा स्वागत गर्ने

हिमाल प्रेस ४ फागुन २०७९ २१:३१ | Thursday, February 16, 2023
अमेरिकी राष्ट्रपति बाइडेनले जर्मन स्कोल्जलाई ह्वाइट हाउसमा स्वागत गर्ने

न्यूयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च ३ मा जर्मनीका चान्सलर ओलार स्कोल्जलाई रुसको आक्रमण विरुद्धको लडाइमा कीभलाई समर्थन गर्ने विषयमा केन्द्रित वार्ताका लागि आमन्त्रण गर्ने ह्वाइट हाउसले बिहीबार जनाएको छ।

ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा गरेको क्रूर आक्रमणको एक वर्ष पूरा भएको अवसरमा नेताहरूले युक्रेनलाई समर्थन गर्न, रुसलाई यसको आक्रमणलाई थप खर्चिलो र बोझिलो बनाउन एवं ट्रान्सएट्लान्टिक सुरक्षालाई सुदृढ पार्ने निरन्तर प्रयासहरूबारे छलफल गर्न यो उपयुक्त अवसर हुने बताएको छ।

राष्ट्रपति बाइडेनले फेब्रुअरी २० देखि २२ सम्म नेटो सहयोगी र युक्रेनको छिमेकी पोल्यान्डको भ्रमणको साथ वार्षिकोत्सव मनाउने तयारी गरेको बताइएको छ।

राष्ट्रपति बाइडेनले युक्रेनलाई अर्बौं डलर र हतियार सहयोग गर्ने पश्चिमी राष्ट्रहरूको नेतृत्व गरेका छन्। बर्लिनले गत महिनाको अन्त्यमा कीभ र यसका समर्थकहरूको तीव्र दबाबपछि युक्रेनी सेनालाई मद्दत गर्न करिब ३० युद्ध ट्याङ्कहरू पठाउने तयारी गरेको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति बाइडेन र स्कोल्जले दुई देशहरू चीनले खडा गरिएका साझा चुनौतीहरूमा सँगै काम गर्ने र इन्डो-प्यासिफिक क्षेत्रमा सहयोगलगायत क्षेत्रीय र विश्वव्यापी सुरक्षा मुद्दाहरूमा काम गर्न सम्बन्धित देशहरू सक्रिय हुने बताउनु भएको छ।
गत फेब्रुअरी २४ मा युक्रेनमा रुसले गरेको आक्रमणको पहिलो वर्षगाँठको केही दिनपछि यो बैठक हुन लागेको हो। -राससको सहयोगमा

प्रकाशित: ४ फागुन २०७९ २१:३१ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast