‘नेफ्टा’ अवार्ड अमेरिकामा हुने

हिमाल प्रेस २७ माघ २०७९ ११:५१ | Friday, February 10, 2023
‘नेफ्टा’ अवार्ड अमेरिकामा हुने

काठमाडौँ- नेपाल फिल्म टेक्निसियन एसोसिएसन (नेफ्टा) फिल्म अवार्ड समारोह अमेरिका, टेक्ससको डल्लासमा हुने आधिकारिक घोषणा भएको छ।

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने यो नेफ्टाको एघारौँ संस्करण हो। हिजो (बिहीबार) काठमाडौँ, सोल्टी होटलमा एक कार्यक्रम गरी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आयोजक संस्था चलचित्र प्राविधिक संघ र अमेरिकाका लागि आयोजक संस्थाका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको घोषणा गरेका हुन्।

जेठ १३ मा आयोजना हुन लागेको अवार्डको ट्रफीसमेत कार्यक्रममा अनावरण गरियो। नेफ्टा अवार्डमा २०७९ सालमा हलमा प्रदर्शन भएका फिल्मले ४२ वटा विधामा प्रतिस्पर्धा गर्ने कार्यक्रममा जानकारी दिइयो।

नेपाल र अमेरिकाबीच रहेको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन अवार्डले दुई देशबीच पुलको रूपमा काम गर्ने, डायस्पोरामा नेपाली फिल्म संस्कृति, बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायांकन गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।

यसअघि मलेसिया, हङकङ, कतार, दुबईलगायत ठाउँमा अवार्ड सो भइसकेको छ। पाँचौँपटक अवार्ड समारोह विदेशमा हुन गइरहेको हो।

कोरोना भाइरसको महामारीका कारण अवार्ड समारोह आयोजना हुन सकेको थिएन। महामारीपछि फिल्म क्षेत्र बिस्तारै लयमा फर्किएसँगै नेफ्टाले पनि अवार्ड कार्यक्रम गर्न लागेको हो।

प्रकाशित: २७ माघ २०७९ ११:५१ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast