अन्तर्घातको आरोपपछि लुम्बिनीकी माओवादी मन्त्रीले दिइन् राजीनामा

हिमाल प्रेस २८ माघ २०७९ १५:२८ | Saturday, February 11, 2023
अन्तर्घातको आरोपपछि लुम्बिनीकी माओवादी मन्त्रीले दिइन् राजीनामा

बुटवल– लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन्। बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएकी हुन्।

उक्त आरोप लागेपछि माओवादी प्रदेश कमिटीले उनीमाथि छानबिन गरी मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएकाले उनले शनिबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएकी हुन्।

‘एमालेका उम्मेदवार कुमारजीलाई मतदान नगरी विपक्षी पार्टीका उम्मेदवारलाई सघाएको भेटिएपछि केसीजीलाई राजीनामा गर्न लगाइएको हो,’ माओवादी प्रदेश कमिटीका एक सदस्यले जानकारी दिए।

केसीको थप कारबाही प्रक्रिया पार्टी केन्द्रीय कमिटीसमक्ष पठाइने उनले जानकारी दिए। पार्टी केन्द्रीय कमिटी सदस्यसमेत रहेकी केसी बाँके १ (क) बाट निर्वाचित हुन्।

प्रकाशित: २८ माघ २०७९ १५:२८ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast