अनेरास्ववियुलाई ओलीको निर्देशन- नेविसंघलाई परास्त गर्ने गरी तयारी गर्नुस्

हिमाल प्रेस ५ फागुन २०७९ २१:५० | Friday, February 17, 2023
अनेरास्ववियुलाई ओलीको निर्देशन- नेविसंघलाई परास्त गर्ने गरी तयारी गर्नुस्

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचन तयारीमा जुट्न पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुलाई निर्देशन दिएका छन्।

शुक्रबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अनेरास्ववियु केन्द्रीय कमिटीका नवनिर्वाचित सदस्यलाई शुक्रबार शपथ ग्रहण गराउने कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्।

चैत्र ५ गते हुने निर्वाचनका लागि आजैबाट अनेरास्ववियुले तयारी गर्नुपर्ने ओलीको भनाइ छ। स्ववियू निर्वाचनमा नेविसंघलाई परास्त गर्न अनेरास्ववियु सफल हुने उनले विश्वास व्यक्त गरे।

‘चैत्र ५ गते स्ववियू निर्वाचन हुँदैछ। नेविसंघलाई परास्त गर्ने गरी तयारी गर्नुस्। शालीन र नम्र व्यवहारका साथ प्रस्तुत हुनुस्,’ ओलीले भने, ‘अहंकार र दम्भले आफैं सकिने भएकाले अनेरास्ववियुका नेता, कार्यकर्ताहरूले त्यस्ता खालको गतिविधि गर्न हुँदैन।’

प्रकाशित: ५ फागुन २०७९ २१:५० | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast