अनेरास्ववियु महाधिवेशन : सर्वसम्मत नभए आजबाट चुनाव

हिमाल प्रेस ३ फागुन २०७९ ८:१० | Wednesday, February 15, 2023
अनेरास्ववियु महाधिवेशन : सर्वसम्मत नभए आजबाट चुनाव

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौँमा मंगलबारदेखि जारी छ।
महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ।

सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो। एमाले नेता भानुभक्त ढकालको संयोजकत्वमा अध्यक्षमण्डल गठन गरिएको छ।

अनेरास्ववियुको अध्यक्ष पदका लागि आरसी लामिछाने र मोती विश्वकर्मालगायत दाबेदार छन्। अनेरास्ववियुमा १९९ सदस्यीय केन्द्रीय कमिटी पनि महाधिवेशनबाट बन्नेछ। साथै अनुशासनलगायत विभिन्न आयोग पनि गठनको तयारी छ।

प्रकाशित: ३ फागुन २०७९ ८:१० | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast