अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान सुरु

हिमाल प्रेस ४ फागुन २०७९ १६:०६ | Thursday, February 16, 2023
अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ– नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा विद्युतीय भोटिङ मेसिनमार्फत बिहीबार दिउँसोबाट मतदान सुरु भएको हो।

२३औं राष्ट्रिय महाधिवेशनबाट नेताहरू सर्वसम्मत चयन हुन नसकेपछि मतदान गरिएको हो। अनेरास्ववियु अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरू मोती विक, लोकेश निरौला गरी ४ जनाले उम्मेदवारी दिएका छन्।

महाधिवेशनले १५-१५ सदस्यीय ३ वटा आयोगसहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। जसमा ४ जना उपाध्यक्ष र १० जना सचिव चयन हुनेछन्।

७ वर्षपछि अखिलमा चुनाव हुन लागेकाले उम्मेदवारको संख्या धेरै भएको हो। १७ पदाधिकारीसहित स्थायी कमिटी र केन्द्रीय सदस्यको निर्वाचन हुन लागेको हो। महासचिवका लागि नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन्।

यस्तै उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन्। निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएका छन्।

सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन्। १० सचिवका लागि ६१ जनाले उम्मेदवारी दिएका छन्। कोषाध्यक्षमा सुजन कार्की, प्रज्ज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल उम्मेदवार छन्।

प्रकाशित: ४ फागुन २०७९ १६:०६ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast