अनेरास्ववियुको निर्वाचित पदाधिकारी र सदस्यको शपथ ३ बजे, आजै पहिलो बैठक

हिमाल प्रेस ५ फागुन २०७९ ९:३२ | Friday, February 17, 2023
अनेरास्ववियुको निर्वाचित पदाधिकारी र सदस्यको शपथ ३ बजे, आजै पहिलो बैठक

काठमाडौँ- अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औँ महाधिवेशनको विजयी पदाधिकारी र सदस्यको शपथ आज ३ बजे हुने भएको छ।

शपथका लागि दिउँसो ३ बजे नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा आह्वान गरिएको छ। शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ।
महाधिवेशनबाट समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरिएको छ।

महाधिवेशनबाट अध्यक्षमा समिक बडाल, उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती , मर्यादा बिष्ट निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा। सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, अन्जना सिवाकोटी, आरति भट्टराई, विनिता काफ्ले निर्वाचित भएका छन। त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।

 

प्रकाशित: ५ फागुन २०७९ ९:३२ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast