महामन्त्री शर्माको दाबी : राष्ट्रपति कांग्रेसबाटै

हिमाल प्रेस १७ माघ २०७९ ११:४१
30
SHARES
महामन्त्री शर्माको दाबी : राष्ट्रपति कांग्रेसबाटै

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको सम्भावना नरहेको बताइरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दोहोर्‍याएका छन्।

महामन्त्री शर्माले आत्मदाह गरेको इलामको सूर्योदय नगरपालिका–११ केराबारीका प्रेम आचार्यको परिवारसँग भेटपछि सञ्चारकर्मीसँग यस्तो दाबी गरेका हुन्। उनले भने, ‘नेपाली कांग्रसले प्रस्ताव गरेकै व्यक्ति जुनसुकै परिस्थितिमा राष्ट्रपति बन्नेछ।’

काग्रेससहितको सहभागितामा प्रस्ताव गरिएको उम्मेदवारलाई राष्ट्रपति बनाएर साझा अपनत्व कायम गरिने विश्वास उनको भनाइ छ। यस्तै उनले कांग्रेसबाट कसलाई अघि सार्ने भन्ने विषयमा केही बताएनन्।

उनले भने, ‘राष्ट्रपतिका लागि पार्टीभित्र लामो त्याग भएका धेरै योग्य नेतृत्व हुनुहुन्छ। संविधानको संरक्षक बन्ने व्यक्ति नै राष्ट्रपति हुनेछ।’ कांग्रेसले अघि सारेका व्यक्तिलाई राष्ट्रपति बनाउन अन्य दलसँग समेत छलफल भइरहेको उनले बताए। उनले केही दिनअघि पनि कांग्रेसले अघि सारेका व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गरेका थिए।

शर्माले निर्वाचनपछि गठबन्धन तोडिँदा कांग्रेसले गुमाएको पद र प्रतिष्ठाबारे केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिने बताए। उनले आचार्यको परिवारलाई आचार्यले उठाएका मुद्दा सम्बोधन गर्न पार्टीले सक्दो प्रयास गरिने बताए।

प्रकाशित: १७ माघ २०७९ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast