काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार पुगेर भेटेका छन्।
केहीबेर अघि प्रधानमन्त्री निवास पुगेर लामिछानेले प्रचण्डलाई भेटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका लामिछानेको नागरिकता अवैध भएकी निर्णय गरेसँगै पद गएकी थियो। उनी फेरि गृहमन्त्रीमा दाबी गर्दै आएका छन्।
यसविषयमा प्रचण्ड सकारात्मक छैनन्। संसद् पद समेत नरहेका कारण माओवादी लामिछानेलाई गृहमन्त्रालय नदिने पक्षमा छ। सोही विषयमा छलफल गर्न रवि बालुवाटार पुगेको बताइन्छ।
प्रकाशित: १७ माघ २०७९ १०:२७
प्रतिक्रिया