रवि लामिछानेको पुरानै नागरिकता कायम

हिमाल प्रेस १५ माघ २०७९ १४:१४ | Sunday, January 29, 2023
रवि लामिछानेको पुरानै नागरिकता कायम फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- निवर्तमान उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको छ। लामिछानेले आज आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर पुरानो नागरिकता कायम गराउन निवेदन दिएका थिए।
जिल्ला प्रशासन कार्यालयले लामिछानेलाई पुरानै नागरिकताको आधारमा प्रतिलिपि दिएको छ।

उनी कडा सुरक्षा घेराबीच प्रशासन कार्यालय पुगेका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको पुरानो नागरिकता कायम नरहेको फैसला गरेको थियो।

लामिछानेले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता प्रमाणपत्र लिएका थिए। २०७० सालमा अमेरिकाको नागरिकता लिएसँगै उनको नेपाली नागरिकता निष्क्रिय भएको सर्वोच्च अदालतले फैसला गरेको थियो।

प्रकाशित: १५ माघ २०७९ १४:१४ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast