वर्षा र हिमपातको सम्भावना टर्‍यो, प्रदेश १ मा भने मौसम बदली

हिमाल प्रेस १४ माघ २०७९ ६:५९
2
SHARE
वर्षा र हिमपातको सम्भावना टर्‍यो, प्रदेश १ मा भने मौसम बदली

काठमाडौँ- आज देशका थोरै भूभागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना टरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ। बाँकी भूभागमा भने सफा रहनेछ।

आज राति भने प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ।
आइतबार दिउँसो भने बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित: १४ माघ २०७९ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =