काठमाडौँ- नेकपा एकीकृत समाजवादीले भूकम्पले प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन निर्देशन दिएको छ।
मंगलबार पार्टी महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको उद्धारमा खटिन पार्टी तथा संगठनका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
यस्तै एकीकृत समाजवादीले भूकम्प पीडित जनताको राहत तथा उद्धारका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको छ। मंगलबार दिउँसो गएको भूकम्पले सुदूरपश्चिम र कर्णाली प्रदेशमा क्षति गरेको छ।
प्रकाशित: ११ माघ २०७९ ७:५६
प्रतिक्रिया