प्रतीकात्मक तस्बिर
काठमाडौँ- संसद् भवन नयाँ बानेश्वर अगाडिको मूल सडकमा एक व्यक्तिले मंगलबार आत्मदाहको प्रयास गरेका छन्।
आत्मदाह प्रयास गर्ने व्यक्ति इलामका प्रेमप्रसाद आचार्य रहेको प्रहरीले जनाएको छ। उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
उनलाई प्रहरीले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगेको छ। प्रहरीका अनुसार आचार्यले किन आत्मदाह प्रयास गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
प्रकाशित: १० माघ २०७९ १६:०३ | Tuesday, January 24, 2023
प्रतिक्रिया



