बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प

हिमाल प्रेस १० माघ २०७९ १५:२६ | Tuesday, January 24, 2023
बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प

काठमाडौँ- पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको हो।

दिउँसो २ बजेर ४३ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिमसँगै सुर्खेत, बर्दिया, बाँके, दाङसम्म महसुस गरिएको थियो।

भूकम्पका कारण भएको क्षतिको विवरण आउनेक्रममा रहेको भन्दै प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेसका सांसद बद्री पाण्डेले सरकारको ध्यानाकर्षण पनि गराए।

प्रकाशित: १० माघ २०७९ १५:२६ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast