चरेशसहित पूरी पक्राउ

हिमाल प्रेस १० माघ २०७९ ८:०६
2
SHARE
चरेशसहित पूरी पक्राउ प्रतिनिधिमूलक तस्बिर

धादिङ- धादिङबाट चरेशसहित एक व्यक्ति पक्राउ परेका छन्। थाक्रे गाउँपालिका –२ समनटारबाट करिब ८ किलो ५ सय ग्राम चरेश सहित मकवानपुर थाहा नगरपालिका –८ बस्ने ३५ वर्षीया लक्ष्मी पुरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पालुङबाट महादेवबेशीतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरी टोलीले जाँच गर्नेक्रममा उनलाई सो लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

 

प्रकाशित: १० माघ २०७९ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =