सुदूरपश्चिमी भूभागमा निम्न चापीय प्रणाली प्रवेश, प्रतिकूल मौसमले हवाई यातायात प्रभावित हुने

हिमाल प्रेस ९ माघ २०७९ ६:४५
2
SHARE
सुदूरपश्चिमी भूभागमा निम्न चापीय प्रणाली प्रवेश, प्रतिकूल मौसमले हवाई यातायात प्रभावित हुने

काठमाडौँ- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ।

देशभर मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ।
आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
तराईका केही भूभागहरूमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ।

प्रकाशित: ९ माघ २०७९ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =